राप्रपा अध्यक्ष लिङ्देनद्वारा मनोनयन दर्ता

124

झापा, २३ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् ।

उनले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताए ।

उनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा (एमाले)का नेता लक्ष्मण पाठक रहेका छन् ।

एमालेसँग गठबन्धन गरेको राप्रपाले जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लिङ्देन र प्रदेशसभा सदस्यका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीसँगै प्रदेशसभा सदस्यका लागि क्षेत्र (क) बाट एमालेका बसन्त बानियाँ र क्षेत्र (ख) बाट छविलाल चुँडालले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका छ लाख ६२ हजार तीन सय ११ मतदातामध्ये क्षेत्र नम्बर ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...