गोरखा, २३ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।