कोइराला समूहले भन्यो- प्रत्यक्षतर्फ ४० प्रतिशत दिनुपर्छ

125

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसभित्रको डा.शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।

शीर्ष नेताको उपस्थिति बिना काठमाडौँको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठुलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउनेसमेत चेतावनी दिएर बैठक समापन गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...