राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ : ईश्वर पोखरेल

113

काठमाडौँ, १३ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि एमालेले समर्थन गर्ने बताएका छन् ।

काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले लाजिम्पाटमा आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा एमाले उभिने बताए ।

‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ उनले भने, ‘अहिले विभिन्न साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए फेरि अर्को दल आउँछ ।’

एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने, ‘हामीसँग दुई वटा ठुला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामथ्र्य हाम्रो हुनुपर्छ ।’

जनताको भावना अनुसारकाम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए । ‘मंसिर ४ गते एमाले आउँछ । सूर्य चिन्ह आउँछ–आउँछ ।’

Share This:
सम्बन्धित खबर
Loading...