कपन आगलागी : ज्यान गुमाएका तीनै जनाको पहिचान खुल्यो

113

काठमाडौँ, ६ असोज । काठमाडौँको कपनमा भएको आगलागीमा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

ताप्लेजुङ घर भएका २७ वर्षीय कासाङ तेञ्जी शेर्पा, सङ्खुवासभा घर भई सुकेधारा बस्ने अशोक राई र काठमाडौँ महानगरपालिका–२६ रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पाको ज्यान गएको काठमाडौँ प्रहरीले जनाएको छ ।

ज्यान गुमाएकाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आगलागीमा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी चुनिखेलमा रहेको करूणा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुढानिलकण्ठ नगरापालिका–११ कपनमा बुधबार आगलागी भइको थियो । आगो गएराति नै निभाइएको छ ।

आगो निभाउन बौद्ध रामहिटी, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रिभुवन विमानस्थलबाट एक–एक तथा काठमाडौँ महानगरपालिकाबाट दुई गरी ९ वटा दमकल प्रयोग गरिएको थियो । यस्तै, १० वटा पानी ट्यांकर परिचालन गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...