डेंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

122

काठमाडौँ, ६ असोज । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांकअनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौँ ४, ललितपुर र सिन्धुपाल्चोकमा २–२, मकवानवपुर, सिन्धुली र धादिङमा एक–एक जनाको मृत्यु भएको जानकारी दिए ।

यसैगरी, प्रदेशमा हालसम्म १३ हजार ३७५ जना डेंगुका बिरामी फेला परेको छ । तीमध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार ८७८ मा डेंगुका बिरामी फेला परेका छन् ।

यस्तै, काठमाडौँमा ४ हजार ६७४, मकवानपुरमा १ हजार ८१०, भक्तपुरमा ७१३, चितवनमा ४२९ र धादिङमा ३९९ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...