राष्ट्रपतिद्वारा योगमाया आयुर्वेद विश्वविद्यालयसहित पाँच विधेयक प्रमाणीकरण

106

काठमाडौँ, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार योगमाया आयुर्वेद विश्वविद्यालयसहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका पाँच वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

तर, दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयकलाई भने राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...