सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

128

काठमाडौँ, २३ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको हो । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

१७ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफूमाथि सन्दीपले बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौँ इन’मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ ।

घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । होटल काठमाडौँ इनको सिसिटिभी फुटेज प्रहरीले संकलन गरिसकेको छ ।

सन्दीप यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...