सन्दीप लामिछानेविरूद्ध बलात्कार आरोपमा जाहेरी

224

काठमाडौँ, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध एक किशोरीले जबरजस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरूद्ध मंगलबार काठमाडौँ प्रहरी परिसरमा जाहेरी परेको हो ।

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरूद्ध टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो सात लामिछानेले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । लामिछानेविरूद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गर्‍यो ।

आफूले स्न्याप च्याटमार्फत् एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लगेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।

नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिजमा छन् । उनी केन्यासँगको टी–२० सिरिजपछि सिपिएल खेल्न त्यसतर्फ लागेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...