काठमाडौँ, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद् पदाबाट राजीनामा दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
लिङ्देनले चुनाव घोषणापछि नै संसद् चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।
आउने संसद्मा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिँड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर, पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।
उनले आजको मितिबाट नै आफ्नो नाममा आउने तलब तथा भत्ता समेत रोक गर्ने उनले सभामुखसमक्ष आग्रह गरे ।
उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापाबाट निर्वाचित भएका थिए ।