काठमाडौँ–७ ‘ख’बाट प्रदेशसभा सदस्यमा तामाङको दाबी

206

काठमाडौँ, १६ भदौ । युवा नेता सबिन तामाङले काठमाडौँ क्षेत्र नम्बर–७ को ‘ख’बाट प्रदेशसभा सदस्यमा दाबी गरेका छन् । उनले आफू उम्मेदवार हुन पाउनुपर्ने भन्दै पार्टीमा नाम दर्ता गराएका हुन् ।

प्रदेश समितिमार्फत् नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । नेपाल विद्यार्थी संघमा रहेर लामो समय उनले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । २०५५ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय उनी राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट गिरफ्तारसमेत भएका छन् ।

तामाङले नेविसंघ आरआर क्याम्पसको सभापति , नेविसंघ केन्द्रीय सदस्य, नेपाली काग्रेस जिल्ला कार्यसमिति काठमाडौँको जिल्ला सदस्य हुँदै अहिले काठमाडौँ ७ बाट महाधिवेशन प्रतिनिधि र बागमती प्रदेश सदस्यको जिम्मेबारीमा रहेका तामाङले आफ्नो उमेदवारी प्रस्तुत गरेको बताए ।

तामाङ राजनीतिसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...