ओलीले रविन्द्र मिश्रलाई भने– नआत्तिनु होला

101

काठमाडौँ, १३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका पूर्वसंयोजक रविन्द्र मिश्रले भेटवार्ता गरेका छन् । उनलाई भेट्न मिश्र आइतबार साँझ ओली निवास बालकोट पुगेका थिए ।

उनीहरूबीच करिब साढे दुई घन्टा भेटवार्ता भएको मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् ।

भेटका अवसरमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, ओलीका राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भएको मिश्रले उल्लेख गरेका छन् ।

मिश्र लेख्छन्, “तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ? मैले सोधेँ । उहाँले भन्नुभयो, म अहिले पनि राति सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु । उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राति १२÷०१ नबजी सुत्नु हुन्न, उहाँको ऊर्जा र लगन अनौठो छ ।”

कुराकानीको क्रममा ओलीले आफूलाई नआत्तिन सल्लाह दिएको पनि उनले बताए । उनले भने, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला ।”

आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको चुच्चे नक्सासहितको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको उल्लेख गर्दै मिश्रले भेटका लागि आभार प्रकट गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...