काठमाडौँका मेयर बालेन साहविरूद्ध नाराबाजी

83

काठमाडौँ, ८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध नाराबाजी भएको छ ।

फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरपालिका मेयर साहविरुद्ध नाराबाजी गरेका हुन ।

फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका व्यापारीहरुले काठमाडौँ महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन् ।

सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने तीनवटा माग राखेका छन् ।

महानगरका मेयर शाहविरुद्ध सम्भवतः पहिलोपटक नाराबाजी भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...