काठमाडौँ, ७ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरू नियुक्त गरेको छ।
सो पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले डोलप्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सहमहामन्त्री र बसुमाया तामाङलाई सहकोषाध्यक्षमा नियुक्त गरेको छ ।
बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र व्यक्तिहरूसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
उता, वेथितिविरूद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्यापिड एक्सन टिम गठन गरेको छ ।