गिरिको पार्थिव शरीरलाई आइतबार दिउँसो सानेपामा राखिने

160

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको शनिबार निधन भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक मिनबहादुर विश्वकर्माका अनुसार शनिबार राति साढे ९ बजे गिरिको निधन भएको हो ।

गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने छ ।

त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने विश्वकर्माले बताएका छन् ।

बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।

समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए ।

घाँटीको सफल शल्यक्रिया गरेर नेपाल आएका गिरिलाई निमोनिया भएपछि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...