मिलन नेवारको ‘जोडी मिलाइदेउ’ सार्वजनिक [भिडिओ]

159

काठमाडौँ, ४ भदौ । गायिका मिलन नेवारको नयाँ म्युजिक भिडिओ ‘जोडी मिलाइदेउ’ सार्वजनिक भएको छ । हरितालिका तिज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडिओ सार्वजनिक गरिएको हो ।

कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको जोडी मिलाइदेउमा शब्द सिर्जना र संगीत छ ।

साथै फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी मिलाइदेउको भिडिओमा करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादनमा रहेको भिडिओको कोरियोग्राफर सन्तोष राजबहाक हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...