अर्थमन्त्री शर्मा र साम्पाङबीच भेटवार्ता, धरानको खानेपानी समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता

920

काठमाडाैँ, ३१ साउन । अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)सँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले उपमहानगरलाई सहयोग गर्ने आश्वासन दिए ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरे । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निकै उदाहरणीय छ,’ मन्त्री शर्माले भने ।

यस्तै, मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । ‘तपाईंहरू हाम्रो अभिभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला,’ उनले भने ।

भेटमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा पनि सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...