सत्य, निरूपण तथा मेलमिलाप आयोग विधेयक अघि बढाउने गठबन्धनको निर्णय

103

काठमाडौँ, ३१ साउन । पाँच दलीय गठबन्धनले सत्य, निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले यो विषयलाई सदाका लागि अन्त्य गर्न प्रतिबद्ध रहेको पनि कार्कीले बताए ।

‘सत्य, निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई अघि बढाउने निर्णय गरेको छ,’ उनले भने, ‘बृहत् छलफल गरी यससँग सरोकार राख्ने सरोकारवाला समूहसँग संवाद गरी उहाँहरूले दिएका सर–सल्लाह र सुझावलाई गहन रूपमा लिएर छलफल गरी अघि बढाउने सहमति भएको छ ।’

साथै, यस विषयलाई लिएर कानुनमन्त्रीले केही दिनदेखि गहन रूपमा छलफल गरिरहेको मन्त्री कार्कीले बताए । सरकारले संसद्मा केही दिनअघि उक्त विधेयक दर्ता गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...