दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

120

काठमाडौँ, २९ साउन । आगमी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बीचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने ।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...