काठमाडौँ, २६ साउन । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
एमालेले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ ।
सरकारले आगामी मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ ।
निर्वाचन घोषणासँगै सत्तारूढ गठबन्धन सिट बाँडफाँडको तयारीमा जुटेका छन् । एमालेले भने कसैसँग गठबन्धन नगर्ने बताउँदै आएको छ ।