काठमाडौँ, २६ साउन । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक बोलाइएको हो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीतिसँगै पार्टी पंक्ति परिचालनका लागि कार्ययोजनासम्बन्धी छलफल हुने बताइएको छ ।
यस्तै, बैठकले निर्वाचनको भावी रणनीतिका लागि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने छ ।
निर्वाचन घोषणासँगै सत्तारूढ गठबन्धन सिट बाँडफाँडको तयारीमा जुटेका छन् । एमालेले भने कसैसँग गठबन्धन नगर्ने बताउँदै आएको छ ।
* समय अन्यथा भएकाले सच्याइएकाे छ ।