मेडिकल काउन्सिलले जारी गर्‍यो चिकित्सकका लागि ८ बुँदे आचारसंहिता

148

काठमाडौँ, २६ साउन । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यम उपयोग गर्दा पालना गर्नुपर्ने ८ बुँदे आचारसंहिता जारी गरेको छ ।

सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम प्रयोग गर्दा काउन्सिलको नियमावली २०२४ मा रहेको प्रावधानभित्र रहेर गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

आचारसंहिताअन्तर्गत चिकित्सकहरूको अनलाइन परामर्श दिँदा अनिवार्य अभिलेख राख्नुपर्ने, सामाजिक सञ्जालमा कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्र उल्लिखित उपाधि मात्र लेख्न पाइने आचारसंहितामा उल्लेख छ ।

यस्तै, सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने, बिरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा बिरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्ने, सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोजन गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइनेजस्ता बुँदा आचारसंहितामा छन् ।

May be an image of text

May be an image of text that says 'താത Medigal सामाजिक सन्जाल प्रयोगको क्रममा आफ्नो सहकमी मित्रहरु प्रति अनिवार्य रुपमा नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ मा तोकिए बमोजिमको व्यवहार तथा आचरण पालना गर्नु पर्नेछ सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न पाइने छैन कुनै पनि चिकित्सकले आफना पदीय वा पेशागत मर्यादा विपरितका अभिव्यक्तिहर सम्प्रेषण गर्न छैन मेडिकल हपत नेपाल मेडिकल काउन्सिल Cpal Medical Couni'

Share This:
सम्बन्धित खबर
Loading...