एकैदिन १०९० जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमित ?

86

काठमाडौँ, २४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय नमुना परीक्षण गरिएकामध्ये २ हजार ९५८ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ३४२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार थप ४३८ जना कोरोनामुक्त भएका छन् । हालसम्म ९ लाख ७३ हजार ४०५ जनाले कोरोनालाई जितेका छन् । निको हुने दर ९८.२ प्रतिशत छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये ५ हजार ५९३ जना होम आइसोलेसनमा र २१३ जना संस्थागत आइसोलेसनमा, ६१ जना आइसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...