प्रिती आले र राजेशको नयाँ गीत ‘भेलु बाजे डान्स’ सार्वजनिक [भिडिओ]

408

काठमाडौँ, २३ साउन । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गीत ‘भेलु बाजे डान्स’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ।

दर्जनौँ चर्चित गीतहरूमा स्वर दिएर चर्चामा रहेकी गायिका आले र लोकप्रिय गायक बर्देवाको सहकार्यमा तयार भएको भिडिओलाई गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन् । दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

भिडिओमा गायिका आले र राजेश बर्देवालगायत अन्य कलाकारहरूलाई फिचर्ड गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...