बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने

196

काठमाडौँ, २२ साउन । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएको छ ।

केन्द्रीय समितिको पहिलो बैठकले अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो ।

अहिले सत्ता गठबन्धन पाँच दलीय छ । जसपाबाट विभाजित नेपाल समाजवादी पार्टीलाई पनि सत्ता गठबन्धनकै अंग मान्न उपेन्द्र यादवबाहेकका नेताहरू सहमत भइसकेकाले अब गठबन्धन ६ दलीय हुने भएको छ ।

नेपाल समाजवादी पार्टीका दोस्रो वरीयताका अध्यक्ष महिन्द्रराय यादवले यो गठबन्धन आफूहरूको भूमिकाका कारण सरकारमा पुगेको भन्दै कसैले निषेध गर्दैमा आफूहरू सत्ता गठबन्धनबाट बाहिर नहुने बताए ।

सत्ता गठबन्धनभित्रै नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानसमेत समेटेर समाजवादी केन्द्र बनाउनेबारे समेत छलफल भइरहेको यादवले बताए ।

समाजवादी केन्द्र गठनको निर्णय एकीकृत समाजवादीको सचिवालय बैठकले पनि गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...