सरु गुरुङको निर्देशनमा तिज गीत ‘म त हजुर नेपाली’ सार्वजनिक [भिडिओ]

212

लन्डन, २१ साउन । गायिका सुजाता काफ्ले र गायक प्रकाश कटुवालको नयाँ तिज गीत ‘म त हजुर नेपाली’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ । विनोद ढकालको शब्द र प्रकाश कटुवालको संगीत रहेको गीतलाई डोलराज बरघरेले एरेन्ज गरेका हुन् ।

विगत लामो समयदेखि आफ्नो परिवारको साथमा बेलायत बस्दै आएकी निर्देशक, कलाकार तथा कोरियोग्राफर सरु गुरुङ रानाको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडिओमा मौलिकता झल्किएको छ ।

म्युजिक भिडिओमा कमेडी च्याम्पियनका फर्स्ट रनरअप खड्कबहादुर पुन मगर (खबपु) डान्सर निर आले, प्रतिष्ठा त्रिपाठी, ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ।

म्युजिक भिडिओलाई छायांकन र सम्पादन भने सुमन श्रेष्ठले गरेका छन् । बेलायतको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।

प्रवासमा रहेका नेपाली दिदीबहिनीहरूको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरीप्रति गर्व गरेको विषय समावेश गरिएको छ । गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यूचोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ । बेलायतमा नेपाली मौलिक तिज गीतको संरक्षण गर्दै दिदीबहिनीहरूलाई तीज मनाउन प्रेरित गर्ने उद्देश्यले तिज गीत ल्याएको गायिका सुजाता काफ्लेले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...