प्रताप दास र दुर्गा बिसुरालको तिज गीत ‘म माइत जाने’ सार्वजनिक [भिडिओ]

237

काठमाडौँ, २१ साउन । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको श्वरमा रहेको नयाँ तिज गीत ‘यसपाली त जसरी म माइत जाने’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान्‌श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई युवा गीतकार डिपी खनालले रचना गरेका हुन् । संगीतकार तारा प्रकाश लिम्बूको संगीत रहेको यस गीतलाई सविन लिम्बूले संगीत संयोजन गरेका छन् ।

सरोज राना प्रजा र आभा थापाको अभिनय तथा नृत्य रहेको म्युजिक भिडिओमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाइन्छ ।

फराज अर्पनको छायांकन, संतोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडिओलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन् भने निर्देशक गणेश शाहले निर्देशन गरेका छन् ।

म्युजिक भिडिओ ‘राइट ट्यून’ अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...