पुनर्जागरण पार्टीले बोलायो केन्द्रीय समिति बैठक

267

काठमाडौँ, १८ साउन । यही हप्ता मात्र निर्वाचन आयोगमा दर्ता भएको पुनर्जागरण पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । पुनर्जागरण पार्टीको केन्द्रीय समिति बैठक साउन १९–२० गते काठमाडौँमा बस्ने गरी बोलाइएको छ ।

केन्द्रीय समिति बैठकले नेताहरूको जिम्मेवारी तोक्ने छ । पार्टीले पत्रकार सम्मेलनका लागि धारणा निर्माण गर्न बैठक बोलाएको प्रवक्ता सदीक्षा केसीले वक्तव्यमार्फत् जानकारी दिएकी छन्।

केन्द्रीय समिति बैठक २ दिनसम्म चल्ने छ ।

पुनर्जागरण पार्टीले २१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । पार्टी अध्यक्ष , महामन्त्री र प्रवक्ता मात्रै टुंगो लगाएर निर्वाचन आयोगमा दर्ता गरेको थियो ।

आयोगले चुनाव चिन्ह वाइफाई नदिएपछि बलिरहेको मैनबत्ती प्रस्ताव गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...