काठमाडौँमा एकै परिवारका ४ जना मृत फेला, हत्याको आशंका

106

काठमाडौँ, १६ साउन । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन् । काठमाडौँ प्रहरी प्रमुख भरत बोहराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन् ।

उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत फेला परेका हुन् । मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन् ।

विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ । उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरी जनायो ।

अहिले उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौँ परिसरको टोली घटनास्थल पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...