साउन १९ र २० मा ‘तेस्रो द ब्रिटिस कप–२०२२’ फुटसल प्रतियोगिता हुने

141

काठमाडौँ, १५ साउन । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले उक्त इन्टर कलेज फुटसल प्रतियोगिता आगामी अगस्ट ४ देखि ५ सम्म (साउन १९ र २० गते) बालुवाटारस्थित ढुकु फुटसलमा गर्ने भएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विगत दुई वर्ष कलेजले सो प्रतियोगिता गर्न सकेको थिए । यसभन्दा अघि उक्त प्रतियोगिता सन् २०१८ र २०१९ मा भएको थियो ।

तर, यो वर्ष भने कलेजले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने उद्देश्यका साथ पुनः तयारी गरिएको कलेजले जनाएको छ ।

प्रतियोगितामा आयोजक ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पीसीपीएस कलेज, एस इन्टरनेसनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेज गरी १३ वटा टोलीले भाग लिँदै छन् ।

प्रतियोगिताको विजयी टोलीले एक लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकले पनि नगद १०–१० हजार रुपैयाँ प्राप्त गर्ने कलेजले जानकारी दिएको छ ।

कलेजका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ । त्यस्तै, एयरलाइन्स पार्टनरमा टर्किस एयरलाइन्स, ट्राभल पार्टनरमा स्वा ट्राभल्स र होलिडे ट्राभल्स, सिनेमा पार्टनरमा क्युएफएक्स, हस्पिटालिटी पार्टनरमा मोजो बटिक होटल तथा मेडिकल पार्टनरमा बयोदा हस्पिटल रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...