नेपालको अपराजित यात्रा कायमै, श्रीलंका ३–० ले पराजित

यू–२० साफ

157

काठमाडौँ, ११ साउन । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यू–२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३–० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लियो ।

नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक–एक गोल गरे ।

जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार ब्यहोरेको श्रीलंका बिना अंक पुछारमा छ ।

आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २–१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि, नेपालको जितसँगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...