स्वास्थ्य राज्यमन्त्रीले लिए डा.चौरासीयासँग स्पष्टीकरण

89

काठमाडौँ, १० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा.सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा.चौरासीयासँग स्पष्टीकरण सोधेका हुन् ।

स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर डा.चौरासीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए । सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरिद प्रकरणमा मनलाग्दी नगर्न निर्देशन दिए । स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘यसबारे अझै अध्ययन हुन्छ । मन्त्रालयले अनियमितताको विषयमा अध्ययन थाल्छ ।’

स्वास्थ्य राज्यमन्त्री केसीले १० अर्बको औषधि उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनम सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएकोलगायतका विषयमा के भएको हो ? वास्तविकता के हो ? भनेर जबाफ माग गरेका थिए । आपूर्ति शाखा प्रमुख डा.चौरासीयाले भने आफूले गल्ती नगरेको जबाफ फर्काएका थिए ।

राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै डा.चौरसियालाई आज मंगलबार राज्यमन्त्री केसीसमक्ष उपस्थित भइ जबाफ दिन भनेको थियो ।

१० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...