नरबहादुर कर्माचार्यको परिवारलाई भेट्न किनारा पसलमै पुगे प्रचण्ड

106

काठमाडौँ, ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको परिवारसँग भेट गरेका छन् । सोमबार बिहान कर्मचार्यको स्मृति दिवसको अवसरमा परिवार तथा आफन्तजनलाई भेट गर्न ललितपुरको कुम्भेश्वरमा पुगेर भेट गरेका हुन् ।

प्रचण्डसहित माओवादीका नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल पनि पुगेका थिए ।

उनले त्यहाँ कर्माचार्यको सालिकमा माल्यापर्ण गरेका थिए । कर्माचार्यको भाइ, बुहारीलगायत आफन्तजनसँग प्रचण्डले भेट गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका ४ जना संस्थापक नेतामध्ये कर्माचार्य एक हुन् । पुष्पलाल श्रेष्ठ, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य र निरञ्जन गोविन्द वैद्य नेकपाका ४ संस्थापक नेता हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...