सल्लाघारी दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो [घाइतेको नामावलीसहित]

95

काठमाडौँ, ९ साउन । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दुधपार्टी सडक छेउको सल्लाको रुख ढालेर बस र स्कुटर किच्दा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो काठमाडौँबाट यात्रु बोकेर दुधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनमा घाइते हुनेहरुमा भक्तपुर–१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चाँगुनारायण नगरपालिका–४ चाँगुकी १८ वर्षीय निशा लिगल, काठमाडौँ–१० बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछाप दोरम्बा गाउँपालिका–७ घर भइ सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भइ सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइबा र भक्तपुर नगरपालिका–७ का १८ वर्षीय सिम्रन लागेजु छन् । उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।

त्यसैगरी, उदयपुरको लिचुङ्गु गाउँपालिका–१ घर भइ काठमाडौँको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गाउँपालिका–७ घर भइ काठमाडौँको शंखमुल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक गाउँपालिका–३ स्थायी घर भइ भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नगरपालिका–२ घर भइ काठमाडौँ बानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर–८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवाल घाइते भएका छन् । उनीहरुको भक्तपुरको इन्टरनेसनल अस्पताल कौशलटारमा उपचार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...