सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प

118

काठमाडौँ, ९ साउन । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलमाथिका ५७९ परकम्प गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...