गायक ज्वाला राईको ‘माया जाल’ सार्वजनिक [भिडिओ]

188

काठमाडौँ, ८ साउन । ‘द भ्वइस अफ नेपाल सिजन–३’ को टप फोर प्रतिस्पर्धी गायक ज्वाला राईले नयाँ सांगीतिक सौगात ‘माया जाल’ सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीको यस गीतमा मिलन किरातीको शब्द रहेको छ भने विक्रम राईको संगीत रहेको छ । देवेस राईले यस गीतलाई संगीत संयोजन गरेका हुन् । लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रुपमा प्रस्तुत भएका छन् ।

भिडिओमा मानषी तामाङ र गायक राईबीचको अन्स्क्रिन प्रेम र रोमान्ससमेत प्रस्तुत गरिएको छ । भिडिओमा फराज अर्पणको डिओपी र विशाल थापाको छायाँकन रहेको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडिओ गायक राईको युट्युव च्यानल ‘ज्वाला राई’मार्फत् सार्वजनिक भएको हो । यसअघि गायक राईको स्वरमा ‘शीतल शीतल’, ‘दौराभन्दा खल्ती लामो’, ‘तिमी फूल’लगायत म्युजिक भिडिओहरु सार्वजनिक भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...