काठमाडौँ, ६ साउन । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेका छ । स्कुटर नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुनः महानगरपलिकाले हस्तान्तरण गरेका हो ।
आइएमई इलेक्ट्रिक प्रालि राफ्ट इलेक्ट्रिक स्कूटरहरु नेपालका लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
एक पटक फुल चार्जमा १०० किमिसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमि, बलियो बनावट साथै आधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कुटर खरिद गरिएको नगरपालिकाले बताएको छ ।
भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा , जिस्पासमेत नेपालमा उपलब्ध मोडल हुन् । कि लेस स्टार्ट, रिमोट लक्किङ, रिवर्स गियर, थेफ्त अलर्मसमेत रहेको छ । सेगमेटकै धिकतम ३२० किमि रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।
चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कुटर अझ सुविधा हुने बताए । नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कुटरलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्धत पुग्ने बताउँदै महानगरलाई धन्यवाद व्यक्त गरे ।