अर्थमन्त्री प्रकरण : आज पनि छानबिन समितिको बैठक बस्दै

109

काठमाडौँ, ६ साउन । बजेट निमार्णमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै छ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समितिले अनुसन्धान सुरु गरेको हो ।

गत बिहीबार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो ।

जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिएपछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानबिन गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...