थप ३५७ जनामा कोरोना पुष्टि, ६२ जना निको

80

काठमाडौँ, ३ साउन । पछिल्लो २४ घन्टामा नेपालमा ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ३५७ जनाको कोभिड परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ३४१ को पिसिआर र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पिसिआर परीक्षणबाट २६८ र एन्टिजेन परीक्षणबाट ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा १ हजार ९८२ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको भनाइ छ । संक्रमितमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा, ११७ जना संस्थागत आइसोलेसनमा छन् भने १९ जनाको आइसियूमा उपचार भइरहेको छ ।

२४ घन्टामा ६२ जना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । हालसम्म ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा ३६ हजार ३४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...