पोष्ट भएको केहीबेरमै हटाए बालेनले ‘काम गर्न देउ, डिस्टर्ब नगर’ स्टाटस

619

काठमाडौँ, २९ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सामाजिक सञ्जालमा लेखेको स्टाटस हटाएका छन् ।

बालेन साह भन्ने पेजमा उनले लेखेका थिए– ‘काम गर्न देउ, डिस्टर्ब नगर ।’ बालेनका ‘बालेन’ नामका भेरिफाइड र अनभेरिफाइड दुईओटा फेसबुक पेज रहेका छन् । बालेनको उक्त स्टाटसलाई लिएर केहीबेरमै कमेन्टको वर्षा भएको थियो ।

स्टाटस पोस्ट भएको १४ मिनेटमा ५ हजार लाइक र झन्दै एक हजार कमेन्ट भएको थियो ।

मेयर बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले विवादमा तानिएका छन् ।

र्‍यापर अनिल अधिकारी (यमबुद्ध)को सालिक बनाउन बजेट छुट्याइएको भन्दै आलोचना खेपेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...