पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई हेर्नुपर्छ : बालेन साह

85

काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साह (बालेन)ले पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । महानगरको सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्ने क्रममा प्रमुख साहले सो कुरा बताएका हुन् ।

अनुगमनमा उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको पनि सहभागित थियो ।

“पूर्वाधार संरचनाको बलियोपन तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्यरुपमा हेरेका छौँ,” अनुगमनपछि प्रमुख साहले भने, “पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ ।”

अनुगमनका क्रममा वडा २७ महाबु (महाबैद्ध) मा रहेको पुनःनिर्मित तमोवहाः क्पाः पा छेँको निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख साहले पुनः निर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षका विषयमा जिज्ञासा राखेका थिए ।

अनुगमनका क्रममा कार्यपालिका सदस्य मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशक वसन्त आचार्य, नरेन्द्र विलास बज्राचार्य र रमा थापासहित अधिकारी सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...