मेलिना र गोविन्दको कोसेली ‘ठेकीको  मदानी’ सार्वजनिक  [भिडिओ]

129

काठमाडौँ, ४ असार ।  गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर आवाजमा सजिएको ‘ठेकीमा मदानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ । स्वयम् गायक अर्यालले संगीतबद्ध गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन् ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडिओमा सुधिर श्रेष्ठ र सुपा खनालबीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ ।  भिडिओमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ ।  सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडिओलाई महफुज अन्सारीले छायाँकन गरेका हुन् ।  भिडियोमा सुवास देवकोटाको सम्पादन रहेको छ ।

मोहन घिमिरे निर्माता रहेको यस भिडिओलाई सुधन धितालको निर्देशनमा तयार पारिएको हो । ‘क्ल्यासिक फ्रेम मुभिज’को आधिकारिक य़ुट्युव च्यानलमार्फत् भिडिओ सार्वजनिक भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...