युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

110

काठमाडौँ, २३ जेठ । युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।

आइतबार युरोपेली छनोटअन्तर्गत भएको प्लेअफमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्माघाति गोल गरे । वेल्सको जितसँगै युक्रेनको विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।

योसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।

अब, समूह बी इंग्ल्यान्ड ,अमेरिका र इरानसँगै वेल्सले खेल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...