प्रेम

799

तिमीलाई प्रेम गर्न
कुनै बाध्यता त थिएन
न त आवश्यकता नै थियो
सबै कुराले भरिएपछि
हामीबीच प्रेम भएरै छाड्यो
थाहा छैन
अन्जान छु कसले सुरु गर्‍यो ?
न त मैले सुरु गरेँ न त तिमिले गर्‍यौँ
तर पनि…
हामीबीच प्रेम भएरै छाड्यो

कतै सुनेकी थिएँ,
कुनै कुनै सम्बन्धको नाम हुन्न रे
तर, बेनामे सम्बन्धलाई पनि
जिन्दगीभर निभाइन्छ रे
कतै त्यस्तै भइरहेको छैन …?
तर पनि…
हाम्रो सम्बन्ध भएरै छाड्यो

हाम्रो सम्बन्ध
डाँडा र क्षितिज
नदी र किनारा जस्तै
फूल र रंग
जुन र ताराहरु जस्तै
मुनामदन र लैला मज्नुको प्रेम कहानी जस्तै
एक–अर्का बिना सधैँ अधुरो अपुरो
तर पनि…
हाम्रो प्रेम भएरै छाड्यो

समय बदलिएला
परिस्थिति फेरिएला
आवश्यकता मोडिएला
कैयौँ अवरोध खडा होलान्
अनेकौँ बाध्यताहरु आइलाग्लान्
तर पनि…
आशा गर्छु, बाँचा गर्छु
बेली–चमेली र इन्द्र कमल झैँ फुलिरहने छ
सुगन्ध सुवास छरिरहने छ
हाम्रो अमर प्रेम जिन्दगी रहे
नरहे पनि अटल रहेन छ
मेरो हृदयका नयनले यहिँ देखिरहने छ
अतृप्त प्रेम, अनमोल प्रेम

सावित्रा राई
धनकुटा

 

Share This:
सम्बन्धित खबर
Loading...