काठमाडौँ, १६ जेठ । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।
‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको (९ एनएइटी) विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।