काठमाडौँ, १५ जेठ । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको तारा एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९ः५५ बजे उडेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले जनाएको हो ।
सम्पर्कविहीन भएपश्चातदेखि नै स्थल तथा हवाई मार्गमार्फत् तीव्र रूपमा खोजी कार्य भइरहेको एति एयरले विज्ञप्तिमार्फत जनाएको छ ।
वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ्ग, लेते, घोडेपानी र टिटी ताल वरिपरी खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्धार टोली परिचालन गरिएको छ ।
नेपाली सेनाको एमआई १७ र फिस्टेल एअरको हेलिकप्टोरमार्फत् पनि खोजी भइरहेको एति एयरले जनाएको छ ।
तारा एयरको ट्वीनटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।