काठमाडौँ, २ जेठ । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ ।
पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिएकी हुन् ।
नेकपा (एमाले)का विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत सहित तेस्रो स्थानमा छन् ।
उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाएकी छन् ।