स्वतन्त्रको नाममा केही व्यक्तिहरुले नक्कली राजनीति गरे : टंक केसी

140

बागलुङ, २४ वैशाख । राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका सचिव टंक केसीले गलकोट नगरमा मनोनयन दर्ताको दिनसम्म कुनै न कुनै राजनैतिक दलको झन्डामुनी रहेका केही अब्बल नेता भनाउँदाहरु स्वतन्त्र उम्मेदवारको नाममा नक्कली राजनीति गरिरहेको बताएका छन् ।

गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै पार्टीबाट उम्मेदवारको टिकट नपाएपछि अराजक शैलीमा अहंकारी स्वभाव प्रस्तुत गरेर अरुको नेतृत्व स्वीकार गर्न नसकेर अनेकौँ झुटा कुरा जनता माँझ आइरहेकाले त्यस्ता व्यक्तिको पछाडि नलाग्न केसीले आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस गलकोट नगर समितिका सभापति विरजंग भण्डारीले नेपाली कांग्रेसका केही जिम्मेवार नेताले पार्टीको विधानविपरीत स्वतन्त्र उम्मेदवारी दिएर गलकोट नगरमा अराजनैतिक चरित्र देखाएको कारण नेपाली कांग्रेसले उनीहरुको साधारण सदस्यता नरहने गरी कारबाही गरिएको बताए ।

सो अवसरमा गठबन्धनको तर्फबाट गलकोट नगरपालिका मेयर पदका उम्मेदवार भरत शर्मा गैरे र उपमेयर पदका उम्मेदवार फमलाल निउरेले देशको संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि ५ दलीय गठबन्धन गर्नुपरेको भन्दै ५ दलीय गठबन्धलाई अत्यधिक मत दिएर विजयी गराउन अपिल गरे ।

Share This:
सम्बन्धित खबर
Loading...