उपल्लो बिँहुलाई धार्मिक पर्यटनको हब बनाउँछौँ : डिल कार्की

84
  • रोशन जिसी

बागलुङ, २३ वैशाख । नेकपा (एमाले) काठेखोला गाँउपालिका अध्यक्ष पदका उमेदवार डिलबहादुर कार्कीले काठेखोला गाँउपालिका वडा नम्बर ५ उपल्लो बिँहुलाई धार्मिक पर्यटनको विशेष क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एमाले काठेखोलाले सञ्चालन गरेको चुनावी अभियान अन्तर्गत काठेखोला– ५ जुकेपानीमा आयोजित चुनावी सभामा बोल्दै कार्कीले यस्तो बताए ।

काठेखोलामा ८ पहिचानका रुपमा अगाडि बढाउने क्रममा वडा नम्बर ५ उपल्लो बिँहुलाई धार्मिक पर्यटन र घोडाबाँधे क्षेत्रलाई ग्रामिण सहरीकरणका रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य परमानन्द कंडेल, प्रदेश कमिटी सदस्य हुमाकुमारी जिसी (अञ्जु), एमाले जिल्ला कमिटी सचिवालय सदस्यतथा काठेखोला गाँउपालिका अध्यक्ष अमरबहादुर थापा, प्रोगेसिभ इञ्जिनियर एसोसियसन नेपाल निवर्तमान इन्चार्ज खिमानन्द कँडेल, वडा नम्बर ५ का वडा अध्यक्षका उमेदवार हिमबहादुर क्षेत्रीलगायतले एमालेले गरेका काम र लिएका सिद्धान्तका आधारमा जनताले तीनै तहमा एमालेको सरकार खोजेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...