आरसी रिमालको ‘आमा’ सार्वजनिक [भिडिओ]

271

काठमाडौँ । गायक आरसी रिमालको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ ।

गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गीतमा आमाले सन्तानका लागि गरेको त्यागको सम्झना गरिएको छ ।

राजिव रानामगरको शब्दमा रहेको गीतको संगीत टीका बम्जनले गरेका हुन् । गीतमा सुस्मा लिम्बू र दीपा तामाङको समूह स्वर छ । गीतलाई सागर शाक्यले एरेञ्ज गरेका हुन् ।

गीत शब्द र संगीतमा जति बलियो भिडियो पनि उस्तै उत्कृष्ट बनेको छ । कलाकारहरूको अभियन वास्तविक लाग्छन् ।

विद्या कार्की र समुन्द्र रिमालको अभिनय रहेको गीतमा बाल कलाकारद्वय श्रेयन्स रिमाल र रिवाज सिलवालको भूमिका पनि देख्न सकिन्छ ।

पिटर गुरुङले खिचेको भिडियोलाई विष्णुहरी तिमल्सिनाले सम्पादन गरेका हुन् । भिडियोलाई सिनेम्याटोग्राफर गुरुङले नै निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई आराधना संगीत पाठशालाले प्रस्तुत गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...